Tune to BFM 91.2|Biratnagar

एकै दिन ६२ जनामा संक्रमण पुष्टि ,नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

विराटनगर, ५ जेठ । एकै दिन ६२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ ।

एकैदिन नेपालमा संक्रमण पुष्टि भएको संख्या सबैभन्दा धेरै हो । आज बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४६ पुरुष एक महिलामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना, धुलिखेलमा गरिएको परीक्षणमा रौतहट, धनुषा, दाङ र धादिङका एक–एक जना तथा भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना युवामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

यसअघि आज बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button