Tune to BFM 91.2|Biratnagar

नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो

काठमाण्डौ ७ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखीएको छ ।आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाकाले बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका–५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् ।

१० जना महाराजगञ्ज गाउँपालिकाका रहेका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका–५ को बेलवानी क्वारेन्टाइनमा रहेकाछन् ।

यसैगरी प्रदेश १ को धनकुटा जिल्लामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button