Tune to BFM 91.2|Biratnagar

नेपालमा संक्रमित संख्या ५ सय ४८ पुग्यो

काठमाण्डौ १० जेठ । थप ३२ जनामा आज विहान कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण देखीएका कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौं लगायतका जिल्लाका रहेकाछन ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।

रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जना, बाराको करैयामाई गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका–६ र काठमाडौं जिल्लामा पनि एक,एक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button