Tune to BFM 91.2|Biratnagar

नेपालमा १ लाख कोरोना संक्रमणमुक्त

विराटनगर, ६ कात्तिक । नेपालमा कोरोना भाइरस संक्रमण भएपछि निको हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १ लाख २ हजार ८२० पुगेको हो । त्यस्ने कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३ हजार ६३७ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा ४४ हजार ८७७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ३ हजार ७५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८१२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button