Tune to BFM 91.2|Biratnagar

नेपालमा ३ हजार २ सय ३५ संक्रमित, १३ जनाको मृत्यु,

विराटनगर, २४ जेठ । सेती अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनको हिजो डायलाइसिसका क्रममा मृत्यु भएको हो । उनको पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको छ । धनगढी ४ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । यो सहित नेपालमा कोरोना संक्रमण देखिएका १३ जनाको मृत्यु भएको छ ।

नेपालमा ३ सय २३ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३ सय २३ जनामा कोरोना पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको बताउनुभयो ।

संक्रमित हुनेमा मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् । त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६८ हजार ३१ रहेको छ । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ८५७ जना छ । गत २४ घन्टामा डिस्चार्ज हुनेमा थप ३२ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ३६५ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ३७ हजार ४ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९२ हजार ४ सय ७७ परीक्षणहरु गरिएका छन् ।

प्रदेश १ मा आज ११ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा संक्रमितको संख्या २ सय ५१ पुगेको छ । धरान र विराटनगरमा उपचाररत ७८ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button