Tune to BFM 91.2|Biratnagar

नेपाली काँग्रेसका २ जना सल्लाहकारद्धारा पदबाट राजिनामा

विराटनगर, २४ असार । नेपाली काँग्रेस मोरंगका २ जना सल्लाहकारले पदबाट राजिनामा दिएका छन् ।

काँग्रेस मोरंगको नेतृत्वले जिम्मेवारी र दायित्व निर्वाह गर्न नसकेको भन्दै सल्लाहकारहरु यदुकुमार विष्ट र मदन संग्रौलाले पदबाट राजिनामा दिनुभएको हो ।

राजिनामा पत्रमा नेतृत्वले जिम्मेवारी र दायित्व निर्वाह गर्न नसक्दा पार्टी दिनदिनै धरासायी बन्दै गएको र नेतृत्वमा दक्षता पनि नदेखिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button