Tune to BFM 91.2|Biratnagar

नेपाली कांग्रेसले सदनमा अविश्वासको प्रस्ताव टेवल भएपछि मात्र निर्णय लिने

विराटनगर, ६ माघ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले सदनमा अविश्वासको प्रस्ताव टेवल भएपछि मात्र निर्णय लिने भएको छ ।भोली देखि सुरु हुने प्रदेश सभा बैठकमा आफ्नो रणनिति तयार गर्न आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

दलका नेता राजिव कोइरालाले अहिले निर्णय गर्दा हतार हुने भन्दै सदनमा अविश्वासको प्रस्ताव दर्ता भएपछि मात्र ठोश निर्णय लिने बताउनुभयो । नेकपाका ३७ जना सांसदलले मुख्यमन्त्री शेरधन राईविरुध्द प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराँउदै दलको नयाँ नेतामा भीमप्रसाद आर्चायको नाम प्रस्ताव गरेका थिए । अविश्वासको प्रस्तावमा दर्ता गर्नेमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

प्रदेश १ मा अविश्वासको प्रस्ताव पास वा फेल जे गर्न पनि कांग्रेसको साथ आवश्यक छ । प्रदेश सभामा रहेको ९३ सांसद छन् । सरकार बनाउन आवश्यक बहुमत पुग्न ४७ मत आवश्यक पर्छ । कांग्रेसको प्रदेश सभामा भएको २१ मत निर्णयक हुन्छ । आज कांग्रेस दलको बैठकले निर्णय गर्ने आसमा नेकपाका दुवै समूह थिए । दलको बैठकमा नेता राजिव कोइराला र प्रमुख सचेतक केदार कार्कीले अविश्वासको प्रस्ताव दर्ता भएपछि अहिलेसम्म दुवै समूहसँग भएका वार्ताबारे जानकारी गराउनु भएको थियो ।

यस्तै अविश्वासको प्रस्ताव गर्दा गराउने नेकपा दाहाल नेपाल समूहको बैठक पनि आज बसेको छ । बैठकमा ३२ जना सांसदको उपस्थिति रहेको बताइन्छ । बैठकमा दलका उपनेता टंक आङबोहाङ र उशाकला राई सहभागी हुनु भएन । आफ्नो रणनिति बनाउन मुख्यमन्त्री शेरधन राई समूह पनि अनौपचारीक छलफलमा हुनुहुन्छ । प्रदेश १ को प्रदेशसभा बैठक भोलि दिउसो बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button