Tune to BFM 91.2|Biratnagar

नेपाल ओलम्पिक कमिटी प्रदेश १ को जिम्मेवारी तिम्सिनालाई

बिराटनगर ४ चैत्र । नेपाल ओलम्पिक कमिटि (एनओसी)को प्रदेश एक इन्चार्जमा पिताम्बर तिम्सिना तोकिनु भएको छ ।

पोखरामा सोमबारदेखि जारी एनओसीको बोर्ड बैठकले तिम्सिनालाई प्रदेश १ को जिम्मेवारी दिएको हो ।बैठकले संघीय संरचना अनुसार सातै प्रदेशमा संयोजक तोकेको छ । प्रदेश कमिटिले संघीय संरचना अनुसार प्रदेशको खेलकुद गतिविधिको संयोजन गर्ने जिम्मेवारी पाएको छ । सात प्रदेशमा ११ जना संयोजक रहेका छन् ।

प्रदेश १ मा एकजना , प्रदेश दुई मा तीन जना संयोजक तोकिएको छ भने गण्डकी प्रदेश र प्रदेश ५ मा दुई–दुई जना संयोजक तोकिएको छ ।बैठकले प्रदेश दुईमा अशोक बज्राचार्य, रामजी बहादुर श्रेष्ठ र प्रकाश शम्शेर राणा, बागमती प्रदेशमा सुुनिलकुमार श्रेष्ठ, गण्डकी प्रदेशमा तेज गुरुङ र टासी घले, प्रदेश पाँचमा तुलसा थापा र दीर्घबहादुर केसी, यस्तै कर्णाली प्रदेशमा दिपकहर्ष बज्राचार्य र सुदुरपश्चिम प्रदेशमा रतन टण्डनलाई इन्चार्ज तोकेको छ ।

ओलम्पिक कमिटिको अध्यक्षमा जिवनराम श्रेष्ठ दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि पहिलो पटक बोर्डको पूर्ण बैठक बसेको हो । बैठक आज पनि जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button