Tune to BFM 91.2|Biratnagar

नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको निर्वाचन प्रकृयानै विवादमा

विराटनगर, ३ माघ । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको निर्वाचन प्रकृयानै विवादमा परेको छ । शाखाको चुनाव प्रभावित गर्ने उद्देश्यले अनधिकृत सदस्यहरुको प्रवेश गराइएपछि निर्वाचन विवादमा परेको हो ।

विधान बमोजिम कोशी अञ्चल शाखाको सदस्य हुन नपाउने मापदण्डभित्रका चिकित्सकहरुलाई सदस्यता दिएर चुनाव प्रभावित गर्ने प्रयत्न सार्वजनिक भएपछि निर्वाचन समितिले नै विज्ञप्ति प्रकाशित गरेर निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसक्ने अवस्था सिर्जना भएको जनाएको छ । निर्वाचन समितिले जान अन्जानमा निर्वाचन समितिलाई गुमराहमा पारेर निर्वाचन प्रभावित गर्ने दुषित मनसाय राखेको भन्दै खेद व्यक्त गरेको छ । निर्वाचन समितिलाई शाखाका अध्यक्ष फरवार्ड शिलवालले सदस्यताको गलत विवरण उपलव्ध गराएका कारण विवाद उत्पन्न भएको हो ।

निर्वाचन समितिले कोशी अञ्चल शाखा कार्यकारिणी समितिको निर्वाचनमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शाखामा आवद्ध सदस्यहरुबाहेकका कोशी अञ्चलका अन्य जिल्लाका चिकित्सकहरुले मात्र भाग लिन पाउँछन् । तर, ६६ जना विपिका चिकित्सकहरुलाई विधान विपरित सदस्यता दिएको पाइएको छ । उनीहरुले अघिल्लो वर्ष विपि शाखाकै तर्फबाट मतदात गरेको पुष्टि भइसकेको छ ।

निर्वाचनका लागि प्रकाशित सदस्यहरुको अन्तिम नामावलीमा १२ सय जना सदस्य भनिएपनि करिव २ सय जना अनधिकृत सदस्य भएको भन्दै त्यसको टुंगो नलागेसम्म निर्वाचन हुन नसक्ने भन्दै श्रेष्ठ नेतृत्वको टोलीले विरोध जनाइरहेको छ । उनीहरुले आइतबार बिहानै जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने र आवश्यक परे अदालतमा रिट दायर गर्ने तयारीसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button