नेपाल नादेज्दा कप फुटबलको फाइनलमा प्रवेश

0
76

काठमाण्डौ, २४ भदौ । नेपाली महिला फुटबल टिम किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज ताजिकिस्तानलाई एक–शून्यले हराउँदै नेपाली महिला फुटबल टिमले फाइनलमा स्थान बनाएको हो । नेपाली महिला फुटबल टिमले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराएको थियो । नेपाललाई जित दिलाउन सावित्रा भण्डारीको एकमात्र गोल निर्णायक बनेको हो । पहिलो हाफ गोलरहित बनेको खेलको ८६ औंँ मिनेटमा सावित्राले गोल गरेकी हुन । जितसँगै नेपाल फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here