नेपाल पत्रकार महासङघ मोरङ शाखाको साधारण सभा स्थगित
बिराटनगर, १९ मंसिर । नेपाल पत्रकार महासङघ मोरङ शाखाको साधारणसभा स्थगित भएको छ । आजका लागि तय भएको १३ औं साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको हो ।
भदौ ४ मा बसेको महासङघको १६ को बैठकले आजका साधारण सभाको मिति तय गरेको थियो । तर कोरोना महामारीका कारण साधारण सभा स्थगित भएको नेपाल पत्रकार महासङघ मोरङका सचिव अर्जुनकुमार आचार्यले जानकारी दिनुभयो ।
कोरोना संक्रमणका कारण महासंघका सदस्यहरू आइसोलेशनमा रहेको र महासंघ प्रदेशको सुझावका आधारमा अर्काे सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरेको उहाले बताउनुभयो ।