नेपाल पराजित

0
189

काठमाण्डौ ५ माघ। नेपाल थाइल्यान्डमा जारी महिला टी ट्वेन्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनलमा पराजित भएको छ । थाइल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७.२ ओभरमा अल आउट भएको हो । नेपालले १७ ओभर खेल्दा ५१ रनमात्र जोड्न सक्यो । नेपालका लागि सर्वाधिक १३ रन सीता रानाले बनाइन भने नेरी थापाले ११ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन । हिजो भएको सेमिफाइनल खेलमा इन्डोनेसियालाई ९२ रनको भारि अन्तरले पराजित गर्दै नेपाल पाइलमा प्रवेश गरेको थियो । टस हारेर ब्याटिङ गरेको घरेलु टोली थाइल्यान्डले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो । घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन् । यस्तै नरुमोल चवाइले २७ र चानिंदा सुथिरङले नटआउट १९ रन बनाइन । थाइल्याण्ड अपराजित रहँदै फाइनलमा पुगेको हो । सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएर नेपालसँगको भेट पक्का गरेको थियो । झन्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाली टोलीले आफूलाई अपराजित राख्दै फाइनलसम्मको यात्रा तय गरेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here