नेपाल–भारत सीमा क्षेत्रमा भेटियो बेबारिसे पेस्तोल

0
52

विराटनगर १ बैशाख । नेपाल–भारत सीमा क्षेत्रमा रहेको विराटनगर महानगरपालिका–१६ दरैयामा आज दिउँसो एउटा बेबारिसे पेस्तोल फेला परेको छ । दरैयामा रहेको बाँस झ्याङमा लुकाई राखेको अवस्थामा मेडइन युएसए लेखिएको नाईन एमएम पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउण्ड गोली भेटिएको मोेरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा पेस्तोल र गोली बरामद भएको हो । कोसी कसैलाई दबाब दिन र तर्साउनका लागि पेस्तोल भारतबाट ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here