नेपाल र चीनबीच व्यापार तथा पारवहन प्रोटोकलमा सहमति जुट्दै

0
123

नेपाल–चीन दोस्रो परामर्श बैठक दुई देशबीच व्यापार तथा पारवहन प्रोटोकललाई अन्तिम रुप दिने विषयमा सहमतिनजिक पुगेको छ ।मंगलबार र बुधबार बेइजिङमा भएको बैठकमा दुवै पक्षले प्रोटोकललाई अन्तिम रुप दिन थुप्रै सहमति गरेको नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले जानकारी दिए ।बैठकमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे तथा चीनका तर्फबाट चिनियाँ यातायात मन्त्रालयका उपमन्त्री लिउ सिआवोमिङले नेतृत्व गरेका थिए ।प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणकै समयमा व्यापार तथा पारवहन प्रोटोकलमा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो । तर, अन्तिम रुप दिन दुई पक्षीय तयारी नपुगेकाले तत्काल हस्ताक्षर नभए पनि चाँडै टुंग्याउन दुवै राष्ट्रका अधिकारीले सक्रियता देखाएका हुन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here