नेपाल र बंगलादेशको भिड्दै

0
59

विराटनगर, २ चैत । साफ महिला च्याम्पियनसिपमा आज आयोजक राष्ट्र नेपालले समूह विजेता बन्नका लागि घरेलु मैदानमा बंगलादेशको सामना गर्दै छ । बंगलादेश साविक उपविजेता टिम हो । यस अघिका चार प्रतियोगिता मध्ये नेपाल तेस्रो संस्करणसम्म उपविजेता बनेको टिम हो । एउटै समूहमा रहेका दुवै टिमले उही समूहको भुटानलाई हराएर सेमिफाइलन पुगेका हुन् । घरेलु मैदान भएकाले पनि बंगलादेशमाथि जित नेपालले निकाल्न सक्ने अनुमान गरिएको छ । दुवै टिम समूह विजेता बन्ने होडमा छन् । भुटानमाथि जित निकालेर दुवै टिमले समान तीन अंक बनाएका छन् । नेपालले बंगलादेशविरुद्धको खेलमा कुनै दबाब नरहेको जनाएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपाली टोलीको रेकर्ड राम्रो रहेका कारण जित निकाल्न गाह्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘हामी जितका लागि खेल्ने छौं । घरेलु मैदान र दर्शकको पूर्ण साथ एवं खेलाडीको उत्कृष्ट प्रदर्शन हाम्रा लागि जितका आधार हुन् ।’ विगतका पाँच खेलमा नेपालले बंगलादेशमाथि चार खेलमा जित निकालेको छ । एउटामा बराबरी भयो । विगतमा विदेशी मैदानमा समेत दबाबमा राख्न सकिएकै कारण घरेलु मैदानमा जित निकाल्न गाह्रो नहुने उहाँको विश्लेषण छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here