Tune to BFM 91.2|Biratnagar

नेपाल सहित तीन देशका ८१ जना क्वारेन्टाइनमा

विराटनगर १५ वेशाख । सुनसरीको इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पसमा संचालन गरेको क्वारेन्टाइनमा नेपाल सहित तीन देशका ८१ जना रहेका छन ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार क्वारेन्टाइनमा ६० जना भारतीय, ७ जना पाकिस्तानी र १४ जना नेपाली नागरिक छन ।त्यहाँ ७८ जना पुरुष र ३ जना महिला छन । क्वारेण्टाइनमा रहेका सवैजनाको अवस्था सामान्य छ ।

त्यहाँजनता क्यामपसको क्यारेण्टाइन सय जना क्षमताको छ । यसैबिच इटहरीबाटै स्वाब संकलन थालिएको छ । हिजो क्वारेन्टाइनमा रहेका २० जनाको स्वाब परीक्षणको स्याम्पल लिएर कोशी अस्पताल विराटनगरमा पठाइएको छ ।

आज वेलुका सम्ममा पिसिआर रिर्पोट आइसक्ने इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button