नेपाल १० विकेटले विजयी

0
255

काठमाण्डौ २८ पुस । थाईल्यान्डमा आजबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ ।सामान्य ४९ रनको लक्ष्य नेपालले ८.४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्याे । नेपालको जितमा ओपरन काजल श्रेष्ठ १४ र सिता राना मगर २४ रनमा नट आउट रहे । सिताले २५ बलमा ३ चौका प्रहार गर्दा काजलले २९ बलमा १ चौका प्रहार गरिन् ।त्यसअघि एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ४८ रन बनाएको थियो । उस्का लागि झांग चानले १३, वाङ लुवान्याउ ८,हन लीली ३, ली होयो ७ रन बटुल्न सकेका थिए ।करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिदा नेरी थापाले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै सिता राना मगरको नाममा १ विकेट रह्यो । नेपालले दोस्रो खेल भोली मलेसियासँग खेल्ने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here