नेरुडेको ट्यावलेट बैकिङ

0
373

विराटनगर, १० साउन । लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ट्यावलेट बैकिङलाई नेरुडे लघुवित्तले शुरु गरेको छ । युके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत २९ जिल्लामा ७९ शाखा उपशाखा कार्यालय रहेको नेरुडे लघुवित्तले सुनसरीको धरान शाखा कार्यालयबाट पहिलो पटक ट्यावलेट बैकिङ कार्यक्रम सूरु गरेको हो । सप्तरंगी नेरुडे महिला केन्द्रमा भएको कार्यक्रममा प्रबन्ध संचालक मणिकुमार अज्र्यालले यो प्रविधिबाट आफ्ना ग्राहक सदस्यहरुलाई सेवा दिने बताउनु भयो । ग्राहकहरुलाई सहज र सजिलो तरिकाले सेवा उपलब्ध गर्न यो प्रविधि ल्याइएको उहाँले बताउनुभयो । उहाँका अनुसार ट्यावलेट बैकिङ इन्टरनेट नभएका स्थानबाट पनि अफलाइनमार्फत सेवा दिन सकिनेछ । सूचना र प्रविधिको विकास सगै नयाँ नयाँ प्रविधिको प्रयोग गर्न जरुरी रहेको र कारोबारलाई पारदर्शी, जवाफदेही बनाई ग्राहक वर्गहरुको विश्वास जित्न सकिने प्रबन्ध संचालक अज्र्यालले बताउनु भयो । यसअघि ७ जिल्लाका १९ शाखामा ट्यावलेट बैकिङ शुरु भईसकेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here