Tune to BFM 91.2|Biratnagar

नेरुडे लघुवित्तको नाफा ४ करोड ६९ लाख

विराटनगर २३ फागुन । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड विराटनगरले ४ करोड ६९ लाख नाफा आर्जन गरेको छ । संस्थाको १४ औं बार्षिक साधारणसभाका अवसरमा गत आर्थिक वर्ष २०७६–०७७ मा ४ करोड ६९ लाख ५१ हजार ४ सय ६९ रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ ।

सञ्चालक समिति अध्यक्ष भेषप्रसाद धमलाले आ.व. २०७६/७७ प्रगति प्रतिवेदन पेश गरेका थिए । उहाले गत आर्थिक वर्षमा १ लाख ३९ हजार ८५४ घर परिवारमा लघुवित्त सेवा पुर्याई ८५ हजार १५३ ऋणी सदस्यलाई ५ अर्व ४८ करोड ऋण लगानी गरिएको बताउनुभयो । संस्थाले २ अर्व १८ करोड बचत संकलन गरेको उहाले बताउनुभयो ।

साधारणसभाले शेयरधनीहरुलाई आ.व.२०७६/७७ को वितरण योग्य मुनाफावाट ८ प्रतिशत वोनश शेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि)वितरण गर्ने निर्णय पारित गरेको छ ।

वोनश वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार ५ सय ७४ पुगेको अध्यक्ष धमलाले जानकारी दिनुभयो । साधारण सभाबाट संस्थापक शेयरधनीहरु मध्येबाट मणिकुमार अज्र्याललाई संचालकमा निर्विरोध चयनगरिएको छ । राष्ट्रिय स्तरको यस संस्थाले ३१ जिल्लामा ९२ वटा शाखा उपशाखाहरुमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button