Tune to BFM 91.2|Biratnagar

नेशनल ट्रेडिङको भवनमा ५० शैय्याको अस्पताल बन्ने

बिराटनगर ७ चैत । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि प्रदेश एक सरकारले एकसाता भित्र विराटनगरमा अस्थायी अस्पताल निर्माण गर्ने बताएको छ । विराटनगरमा रहेको नेशनल ट्रेडिङको भवनमा अस्थायी अस्पताल निर्माण गर्ने बताईएको छ ।

एकसाता भित्र निर्माण हुने अस्पताललाई अन्य अस्पतालबाट रेफर भएर आएका विरामीको उपचार केन्द्र बनाइने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिन भित्र सरसफाई गरी ढिलोमा ७ दिन भित्र अस्थायी अस्पताल बनाइनेछ ।

सोहि अवसरमा सावधानी अपनाउन राखिएका प्रारम्भिक हेल्थ डेक्सको समेत अनुगमन गरिएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले यसरि राखिएका हेल्थ डेक्सले काम गर्न पुगेको छ छैन भनेर भनेर अनुगमन गरेको र यसलाई थप व्यवस्थित गर्ने वताउनुभयो ।

भारतसँग खुला सिमा भएका साना नाका सबै बन्द गर्ने र जोगमनि र काँकडभित्ता नाकालाई व्यवस्थित ढङ्गले चलाउने गरि संघिय सरकारसँग आग्रह गर्ने र त्यहि अनुसार काम हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button