Tune to BFM 91.2|Biratnagar

नोबेलमा क्यान्सरको शल्यक्रिया शुरु

विराटनगर, १५ साउन । विराटनगरको नोबेल शिक्षण अस्पतालले पहिलो पटक टाउको तथा गर्दन सम्बन्धी क्यान्सारको शल्यक्रिया सुरु गरेको छ ।

विशेष शल्य चिकित्सक ल्याएर नोबेलले ‘हेड एण्ड नेक’ क्यान्सर शल्यक्रिया सेवा दिन थालेको हो । नोबेलमा बरिष्ठ सर्जन डा.ऋषिकेष ठाकुरले शल्यक्रिया गर्न थाल्नु भएको छ ।

उहाँ भारतको दिल्लीस्थित एम्स अस्पतालबाट टाउको तथा गर्दन सम्बन्धी क्यान्सरमा एमसीएच गर्ने नेपालकै पहिलो शल्य चिकित्सक रहेको नोबेलले जनाएको छ ।

मुख, थाइराइड, श्वासनली, नाकको साइनस, टाउको, र्याल ग्रन्थी, कान लगायत टाउको तथा गर्दन सम्बन्धी सबै क्यान्सरको शल्यक्रिया थालिएको डा. ठाकुरले बताउनुभयो ।

अस्पतालले केही महिना अघिबाट स्त्रीजन्य सबै किसिमका क्यान्सरको पनि शल्यक्रिया थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button