Tune to BFM 91.2|Biratnagar

नोबेल अस्पतालमा निशुल्क भोजन

विराटनगर, ६ वैशाख । नेपाली काँग्रेस महानगर कार्यसमितिले विराटनगरमा निशुल्क भोजन शिवीर संचालन गरेको छ । समितिले विराटनगरस्थित नोबेल अस्पतालमा भोजन शिवीर संचालन गरेको हो ।

विगत १२ दिनदेखी अस्पतालका विरामी र कुरुवालाई लक्षितगरि दैनिक भोजन शिवीर संचालन गर्दै आएको नेपाली कांग्रेस महानगर कार्यसमितिका कार्यवहाक सभापति अरुण न्यौपानेले जानकारी दिनुभयो ।

शिवीरबाट दैनिक २ सय जनालाई भोजन र पानी वितरण गर्ने गरिएको उहाँले बताउनुभयो । वर्तमान अवस्थामा सृजना भएको जटिल परिस्थितीमा सर्वसाधारणलाई केहिभएपनि राहत दिन नियमित भोजन शिवीर संचालन गरिएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

कार्यसमितिका पदाधिकारी र सदस्यबाट संकलित गरिएको आर्थिक सहयोगबाट भोजन शिवीरलाई निरन्तरता दिइएको जनाइएको छ । नगर समितिले अन्य सार्वजनिक स्थानहरुमा समेत भोजन शिवीर संचालन गर्दै आएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button