Tune to BFM 91.2|Biratnagar

नोबेल अस्पतालमा संक्रमित दुई महिलाको मृत्यु

विराटनगर, २२ कात्तिक । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई महिलाको मृत्यु भएको छ । एक जनाको आज बिहान र एक जनाको गय राति ज्यान गएको हो । मृत्यु हुनेमध्ये एक जना वृद्धा छिन् ।

झापाको शिवसताक्षी-६ की २६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि महिलालाई उपचारका लागि कात्तिक १५ गते उपचारका लागि भर्ना गरिएको थियो ।

महिलाको बिहान ३ बजेतिर ज्यान गएको दाहालले बताउनु भयो । अस्पतालले मृतकमा कुनै दीर्घ रोग भएनभएको केही पनि खुलाएको छैन । त्यस्तै सुनसरीको दुहवी-९ की ६८ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा नोबेलमै गय राति मृत्यु भएको छ ।

दाहालका अनुसार कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि वृद्धालाई अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा राति नौ बजेतिर मृत्यु भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button