नोबेल र कोसीमा दुई संक्रमितको मृत्यु
विराटनगर, १० मंसिर । विराटनगरको नोबेल शिक्षण अस्पताल र कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमित थप दुई जनाको आज बिहान मृत्यु भएको छ । एक महिला र एक पुरुषको ज्यान गएको हो । दुवै जना वृद्धवृद्धा हुन् ।
धनकुटा घर भएका वृद्ध पुरुषको नोबेलमा र मोरङ घर भएकी वृद्धा महिलाको कोसीमा मृत्यु भएको छ । धनकुटाको धनकुटा नगरपालिका–४ का ८२ वर्षीय वृद्ध पुरुषको बिहान ७ बजेतिर नोबेलमा मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर ८ गते सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो । त्यस्तै मोरङको धनपालथान गाउँपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको कोसीमा बिहान ८ बजेतिर मृत्यु भएको छ ।
पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोेजिटिभ आएपछि वृद्धलाई उपचारका लागि कात्तिक २६ गते अस्पताल भर्ना गरिएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताउनु भयो । उपचारकै क्रममा वृद्धको ज्यान गएको उहाँको भनाइ छ ।
नोबेल अस्पतालमै गय राति कोरोना संक्रमित सुनसरी धरानकी ५० वर्षीया महिला र रामधुनीका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।