Tune to BFM 91.2|Biratnagar

‘नौलोघर’उपन्यास विमोचन

विराटनगर, ३ माघ । उपन्यासकार विन्दुकुमार लावतीको उपन्यास ‘नौलोघर’ आज विराटनगरमा विमोचन गरिएको छ । लावती परिवार पाँचथरले विराटनगरमा आयोजना गरेको कार्यक्रममा डा. भरत सुब्बा, प्राज्ञ विवश पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, अग्रज साहित्यकार मधु पोखरेल, देवी पन्थीलगायतले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको थियो ।

उपन्यासको समीक्षा गर्दै वरिष्ठ समालोचक दधिराज सुवेदीले लिम्बू संस्कृति र संस्कारले भरिएको उपन्यासले पूर्वी पहाडी जिल्लाको जनजीवनलाई प्रस्तुत गरेको बताउनुभयो । उहाँले गाउँले बोलचालको भाषालाई उपन्यासमा उठाइएको बताउनुभयो । त्यस्तै समीक्षक हरि कट्टेलले उपन्यासमा कतै पनि खोट लगाउने ठाउँ नभएको बताउनुभयो । पाँचथर र तेह्रथुमतिरको लिम्बू समाजको सांस्कृतिक सौन्दर्य बुझ्न उपन्यासले प्रभावकारी भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

भाषाशैली सरल भएकाले पाठकले सजिलै बुझन सकिने उहाँले बताउनुभयो । उपन्यासमा राणाकाल र प्रजातन्त्रकालमा गरिने दमन, शोषण र अत्याचारसँगै कारुणिक र संघर्षलाई देखाएको छ । २५ भागमा लेखिएको उपन्यास प्रगतिशील, संघर्षशील र सत्य घटनामा आधारित भएको कार्यक्रमका वक्ताहरुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button