Tune to BFM 91.2|Biratnagar

न्यायिक समितिमा तीन बर्षको अवधिमा तीन सय १८ वटा मुद्धा दर्ता (भिडियो रिपोर्ट सहित)

विराटनगर, १५ असोज । विराटनगर महानगरपालिका अन्र्तगतको न्यायिक समितिमा तीन बर्षको अवधिमा ३ सय १८ वटा मुद्धा दर्ता भए ।

गत आर्थिक वर्ष २०७५/७६ मा १ सय ४६ वटा मुद्धा दर्ता भएको न्यायिक समितिमा ०७६/७७ मा १ सय २७ वटा मुद्धा दर्ता भएका थिए ।

चालु आ.व ०७७/०७८ को २ महिनाको अवधिमा ४५ वटा मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७५/७६ मा न्यायिक समितिमा दर्ता भएका १ सय ४६ वटा मुद्धा मध्ये ५६ वटा मेलमिलाप गरिएको छ । अन्य ४८ वटा मुद्धा मेलमिलापको क्रममा रहेको, ३० वटा तामेलीमा रहेको र १२ वटा सम्बन्धित निकायमा पठाएको छ ।

आव २०७६/७७ मा १ सय २७ वटा मुद्धा दर्ता भएका छन् । जसमध्ये ५४ वटा मुद्धाको न्यायिक समितिले मेलमिलाप गराएको छ । त्यस्तै ३६ वटा मुद्धा मेलमिलापको प्रक्रियामा, १३ वटा तामेलीमा र १९ वटा मुद्धालाई सम्बन्धित निकायमा जान आदेश दिएको छ । अन्य ५ वटा मुद्धा भने फिर्ता भएका छन् ।

न्यायिक समितिको तथ्याङकलाई विश्लेषण गर्ने हो भने सबैभन्दा बढि घरजग्गा साथै महिला हिंसा सँग सम्बन्धित मुद्धाहरु दर्ता भएको देखिन्छ ।

पछिल्लो समय न्यायिक समितिमा सम्बन्धविच्छेदका मुद्धाहरु घटेको न्यायिक समिति सदस्य सचिव शारदा थपलियाले बताउनुभयो । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार न्यायिक समितिले मुद्धाहरुलाई सुचिकृत मेलमिलाप कर्ताहरुको उपस्थितिमा टुङ्याउने गरिएको छ ।

न्यायिक समितिबाट टुङ्नि नसकेका मुद्धालाई अदालतमा पठाउने गरेको महानगरका कानुनी सल्लाहकार परमेश्वर नेपालले बताउनुभयो ।

http://bfm912.com/wp-content/uploads/2020/10/विराटनगर-महानगरपालिका-न्यायिक-समिति-रिपोर्ट.mp4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button