न्युरो अस्पतालको स्वास्थ्य शिविर

0
86

विराटनगर, १५ मंसिर । न्यूरो हस्पिटलले धनकुटा छथरजोरपाटि गाँउपालिकामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा ७ सय ६१ जनाले स्वास्थ्य सेवाबाट लाभान्वित भएको छथर जोरपाटि गाँउपालिकाले जनाएको छ । शिविरमा न्यूरो सम्बन्धी, महिलाको आङ खस्ने समस्या, महिनावारी, मधुमेह, फिजियोथेरापी, दन्त रोग, बालबालिकामालाग्ने बिभिन्न रोग तथा हाडजोर्निको विरामीहरुले सेवा लिएको अस्पतालले जनाएको छ । यसैवीच न्यूरो हस्पिटलका सम्पूर्ण वरिष्ठ विशेषज्ञ डाक्टरहरुलाई धनकुटामा सम्मान गरिएको छ । संविधानसभा सदस्य टिकाराम चेम्जुङले सम्मानित गर्नुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here