Tune to BFM 91.2|Biratnagar

न्युरो अस्पतालमा १७ दिनदेखि उपचाररत घाइतेको मृत्यु

विराटनगर, २३ वैशाख । विराटनगरको न्युरो अस्पतालमा १७ दिनदेखि उपचाररत दुर्घटनाका एक घाइतेको कोरोना भाइरस संक्रमण पुष्टि भएको भोलिपल्ट आज मृत्यु भएको छ । मोरङको धनपालथानमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका रंगेली नगरपालिका–३ का २६ वर्षीय युवाको उपचाररत अवस्थामै बिहान ८ बजेतिर मृत्यु भएको हो ।

गत वैशाख ५ गते दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनको न्युरोमै उपचार भइरहेको थियो । एक्कासि कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको हिजो बेलुका स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट राति ८ बजेतिर पोजिटिभ आएको अस्पतालका डाइरेक्टर रन्जितराज बस्नेतले बताउनु भयो । उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर थप उपचार सुरु गरिएका युवाको आज बिहान ज्यान गएको हो । ‘धेरै आफन्तहरु उपचार गराइरहेका घाइते युवालाई भेट्न र हेर्नका लागि अस्पताल आउने÷जाने गरेका थिए,’ बस्नेतले भन्नु भयो, ‘भेटघाटका लागि आएका उनीहरुबाटै ती युवामा कोरोना सरेको हुनसक्ने अनुमान अस्पतालको छ ।’

अस्पतालले यसअघि पीसीआर परीक्षण गराउँदा भने रिपोर्ट नेगेटिभ आएको थियो । बस्नेतका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भए पनि स्वास्थ्य अवस्था ठीक हुँदै गएकाले जनरल वार्डमा सारेर उपचार जारी राखिएको थियो । उपचारकै क्रममा कोरोना पुष्टि भएको र त्यसको १२ घण्टा पनि बित्न नपाउँदै युवाको मृत्यु भएको जानकारी उहाँले दिनु भयो ।

गत वैशाख ५ गते मोरङको धनपालथान गाउँपालिका–४ मा को २७ प ६४५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकको पछाडि सवार रहेका ती युवा घाइते भएका हुन् । त्यतिबेलै उपचारका लागि न्युरो अस्पतालमा भर्ना गरिएको हो । दुर्घटनामा मोटरसाइकल चालक रंगेली–२ का २३ वर्षीय भोला शर्माको मृत्यु भएको भयो । दुर्घटनामा घाइते भएका शर्माको वैशाख ५ गते नै उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा ज्यान गएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button