On Air BFM 91.2|Biratnagar

न्यूरोको वृहत स्वास्थ्य शिविरमा ६ सय विरामी

विराटनगर, २५ पुस । विराटनगरस्थित न्यूरो हस्पिटलले उदयपुरको त्रियुगा नगरपालिका १२ गाइघाटमा वृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । त्रियुगा नगरपालिका गाइघाट तथा त्रियुगा शान्तिधामको संयुक्त आयोजनामा भएको एक दिने वृहत निःशुल्क स्वास्थ्य शिविरमा ६ सय जना विरामीले स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिनुभयो ।

शिविरमा न्यूरो हस्पिटलका विशेषज्ञ १६ जना चिकित्सकले स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा निशुल्क सेनिटाइजर, मास्क र फेसशिल्ड पनि वितरण गरिएको थियो । त्यसैगरि शिविरमा विरामीलाई आवश्यक पर्ने औषधी पनि निःशुल्क वितरण गरेको थियो । सो शिविरमा अस्पतालले ३ लाखको औषधी निःशुल्क वितरण गरेको जनाएको छ । स्वास्थ्यको पहुच भन्दा टाडा रहेका विरामीलाई लक्षित गरि अस्पतालले स्वास्थ्य शिविर आयोजना गरेको हो ।

अस्पतालले यसअघि पनि ग्रामिण र पहाडी जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर राखेर विरामीको स्वास्थ्य जाँच गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button