न्यूरोद्वारा अक्षयकोषको स्थापना

0
80

विराटनगर १ चैत । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालले ताप्लेजुङ सिनाम स्थित सिनाम माध्यमिक बिद्यालयमा पढ्ने गरिब तथा बिपन्न वर्गका बिद्यार्थीहरुका लागि एक लाख रुपैँयाँको अक्षयकोष स्थापना गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि सिनाम माध्यमिक बिद्यालयका शिक्षक सिहंवहादुर ईवारमलाई न्यूरो अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले एक लाख रुपैँयाको चेक हस्तान्तरण गर्नुभयो । कार्यकारी निर्देशक विष्टले गरिब तथा बिपन्न भएकै कारण बालबालिकाले शिक्षा नपाउनुमा दुःख व्यक्त गर्नुभयो । उहाँले सामाजिक तवरले स—सानो सहयोग गर्दा समेत समाजका गरिब तथा बिपन्न बालबालिकालाई पढाउन सक्ने बताउनुभयो । सिनाम माध्यमिक बिद्यालयका शिक्षक सिहंवहादुर ईवारमले न्यूरो अस्पतालले स्थापना गरेको अक्षयकोषले ताप्लेजुङका विपन्न बिद्यार्थीहरु लाभान्वित हुनेमा खुसि व्यक्त गर्नुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here