Tune to BFM 91.2|Biratnagar

न्यौपानेको निधनले अपुरणीय क्षति

विराटनगर १४ जेठ । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल ९बान० का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको निधनले नेपाली एफएम रेडियो क्षेत्रमा अपुरणीय क्षति पुगेको बान प्रदेश १ का अध्यक्ष डा।सन्देशदास श्रेष्ठले बताउनु भएको छ । उहाले निजी रेडियोको छाता संगठन बानलाई पनि अपुरणीय क्षति पुगेको बताउनुभयो ।

उहाले निजी रेडियोको विकासका लागि महत्त्वपूर्ण भूुमिका निर्वाह गर्जुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । बान केन्द्रीय अध्यक्ष तथा सप्तकोसी एफएम सुनसरी ईटहरीका स्टेसन म्यानेजर ५० वर्षीय न्यौपानेको उपचारका क्रममा विराट शिक्षण अस्पताल वुढीगंगा,मोरङमा आज विहान ८स्२५ मा निधन भएको थियो ।कोरोना संक्रमण भएपछि उहाँलाई वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो ।

बानका केन्द्रीय अध्यक्ष न्यौपानेप्रती वीएफएम परिवार भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button