Tune to BFM 91.2|Biratnagar

पछिल्लो समय समाज प्रविधिमैत्री बन्दैजांदा बालिकामाथि हिंसाका घटनाहरु बढे

विराटनगर २५ असोज । विराटनगरमा अन्तर्राष्ट्रिय बालिका दिवस–२०२१ को अवसरमा डिजिटल जेनेरेसन, आवर जेनेरेसन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनी र विराटनगर महानगरपालिका वडानम्बर ६ को समन्वयमा भएको कार्यक्रममा बोल्ने सरोकारवालाहरूले बालिका माथिहुने हिंसा रोक्न राज्यको भूमिका बलियो हुनुपर्ने बताएका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यायल मोरङकी प्रहरी निरीक्षक एन्जिना राईले बालिकामाथि हुने हिंसा रोक्न परिवारमात्र नभएर राज्यको भूमिका पनि बलियो हुनुपर्ने बताउनुभयो ।

पछिल्लो समय समाज प्रविधिमैत्री बन्दैजांदा बालिकामाथि हिंसाका घटनाहरु बढेको बताउँदै राईले यसको लागि सचेतनामुलक कार्यक्रमका साथै बलियो कानुन ल्याउनुपर्ने बताउनुभयो । बालिकामाथि भएको हिंसाको विषयमा पहिले उजुरी वा दर्ता भएपनि पछि मेलमिलाप गरेर परिवार नै पछाडि हट्ने प्रवृत्ति बढेको उल्लेख गर्दै राईले मोबाइल फोनका कारण नग्न भिडियो बाहिर ल्याउनेजस्ता घटना भइरहेको जानकारी दिनुभयो । उहाँले परिवारले उजुरी लिएर प्रहरी कार्यालय आएपनि विवाहको आश्वासन वा केही प्रलोभनमा परेर पछाडि हट्ने प्रवत्ति बढेको समेत बताउनुभयो । विराटनगर–६ की कार्यवाहक वडाध्यक्ष चम्पा कार्कीले हिंसा घरबाट नै उत्पन्न हुने भएकाले यसलाई रोक्नका लागि परिवारको ठूलो भूमिका हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button