पत्रकारले पुरस्कारमा पाएको रकमले विद्यार्थीलाई पोशाक

0
204

बिराटनगर ३२ जेठ । विराटनगरका पत्रकार शंकर खरेलले पुरस्कारस्वरुप प्राप्त गरेको रकमले दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक खरिद गरिद गरेर दिनु भएको छ ।स्थानीय ‘न्यू सृष्टि’ दैनिकका प्रधान सम्पादक खरेलले विराटनगर १ को परोपकार आधारभुत विद्यालयका ४० र विराटनगर १९ को सार्वजनिक माविका तीन गरी जम्मा ४३ जना विद्यार्थाीलाई पोशाक सहयोग गर्नु भएको हो ।उहाले पुरस्कारवापत विभिन्न संस्थाबाट प्राप्त गर्नु भएको ६० हजार रुपैयाँले पोशाक गरिद गरी विद्यार्थीलाई हस्तान्तरण गर्नु भएको हो ।आज एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र दाहाल प्रतिष्ठानका अध्यक्ष शालिग्राम दाहालले विद्यार्थीलाई पोसाक हस्तान्तरण गर्नु भएको हो। खरेललाई पछिल्लो दुई महिनामा संगठन, संघ र प्रतिष्ठानले पुरस्कृत गरेका थिए । पोसाक वितरण गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकारले पुरस्कारमा प्राप्त गरेको रकम सामाजिक काममा लगाउनु निकै प्रशंसनीय भएको बताउँदै भन्नुभयो,‘‘समाजलाई सुधार गर्न पत्रकारिता क्षेत्रको पनि निकै ठूलो योगादान छ ।’’ उहाले सकारात्मक सोच र कामको लागि पत्रकारहरुले आफ्नो कलम चलाउनु पर्ने सुझाव दिनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here