पत्रकारहरु सञ्चारसामग्रीसहित धर्नामा

0
130

विराटनगर ३ जेठ ।सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकको विरोधमा आज मोरङका पत्रकारहरुले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखामा आवद्ध पत्रकारहरुले विराटनगर महानगरपालिकाको बिप्लटमा सञ्चारसामग्रीसहित धर्ना दिएका हुन् । पत्रकार महासंघ मोरङमा भेला भई त्यहाँबाट बिपल्टमा पुगेर धर्ना दिएको अध्यक्ष बन्धु पोखरेलले जानकारी दिनुभयो । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै पत्रकारहरुले आफना सञ्चारसामग्री राखेर धर्ना दिएका हुन् । संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्ने गरि ब्यवस्था ल्याउन खोजेकोले देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here