पत्रकार को धर्ना

0
65

qfविराटनगर, ५ बैशाख । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजको माग गर्दे पत्रकार महासंघ मोरङ शाखाले आज जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएको छ । पत्रकार महासंघ केन्द्रीय समितिले तय गरेको आन्दोलन अनुसार आज देशैभरका शाखाहरुले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजको माग गर्दै तथा पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको विना सर्त रिहाईको माग गर्दै बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म धर्ना दिइएको पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले बताउनुभयो । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकाले उक्त दफाको खारेजको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरिसकेको छ । पत्रकारलाई विद्युतीय कारोबार ऐनको उक्त दफा प्रेस स्वतन्त्रताविरोधी भएको महासंघको ठहर छ । दुई तिहाईको सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने नियतले उक्त दफा आएको महासंघले जनाएको छ । धर्नामा मोरङका क्रियाशील पत्रकारहरुको सहभागिता थियो । उनीहरुले सरकारले स्वतन्त्र प्रेसको ग्यारेन्टी नगरे सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here