पत्रकार जमाल खसोग्जीको हत्याको छानबिन संयुक्त राष्ट्र संघले गर्ने

0
80

काठमाडौं, ११ माघ । टर्कीको इस्तानबुलस्थित साउदी दूतावासमा हत्या गरिएका साउदीका पत्रकार जमाल खसोग्जीको हत्याको छानबिन संयुक्त राष्ट्र संघले गर्ने भएको छ । संयुक्त राष्ट्रसंघले गैरन्यायीक हत्यासम्बन्धी समितिले अर्को साता टर्की गएर घटनासम्बन्धी छानबिन गर्ने भएको छ । त्यसमा तीन जना अन्य विज्ञले पनि साथ दिने जनाइएको छ । वासिङ्टन पोष्टमा कार्यरत खसोग्जीको गत अक्टोबरमा हत्या भएको थियो । टर्कीका विदेशमन्त्री मेल्भुट काभुसोग्लुले यो विषयमा अन्तर्रा्ष्ट्रिय छानबिन जरुरी रहेको बताए लगत्तै संयुक्त राष्ट्रसंघको टोलीले अनुसन्धान गर्न लागेको हो । जसमा फरेन्सिकसम्बन्धी विज्ञ पनि रहेका छन् । उनीहरुको नाम भने खोलिएको छैन । छानबिन टोली साउदी अरेबिया पनि जाने वा नजाने भन्ने बारेमा भने खुलाइएको छैन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here