Tune to BFM 91.2|Biratnagar

पत्रकार पौडेलको उपचारका लागि वीएफएमद्धारा २५ हजार सहयोग गर्ने घोषणा

विराटनगर, २५ फागुन । वीएफएम विराटनगरले विराटनगरका पत्रकार कमल पौडेलको स्वास्थ्य उपचारका लागि २५ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

एफएमले होलीमिलन कार्यक्रमको खर्च वापतको रकम पत्रकार पौडेलको उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको एफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बताउनुभयो । एफएमले स्थापनाकाल देखि हरेक वर्ष विराटनगरका विभिन्न सञ्चार माध्यमका पत्रकारसँग होलिमिलन कार्यक्रम गर्दै आएको थियो ।

कार्यक्रम वापतको खर्चमा केही रकम एफएमले थप गरि स्वास्थ्य उपचारमा सहयोग गर्ने निर्णय गरिएको कार्यकारी निर्देशक डा.श्रेष्ठले बताउनुभयो । मकालु टिभी विराटनगरका समाचार प्रमुख पौडेल व्लड क्यान्सरबाट पीडित हुनुहुन्छ ।

उहाँको सिभिल अस्पताल काठमाण्डौंमा उपचार भईरहेको छ । उपचारमा केही सहयोग मिलोस भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरिएको कार्यक्रम निर्देशक निशा खुशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button