पत्रकार बुढाथोकी पुरस्कृत
विराटनगर १८ फागुन । कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार हाम्रा सहकर्मी किशोर बुढाथोकीलाई प्रदान गरिएको छ ।
बुढाथोकीलाई प्रेस संगठन मोरंगको सपथ ग्रहण समारोहकावीच प्रेस संगठन नेपालका इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, प्रेस संगठन नेपालका सहसंयोजक गणेश वस्नेत, कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देल लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
पत्रकार बुढाथोकीलाई १० हजार १ सय ११ रुपैयाँ नगद राशी सहित पुरस्कार वितरण गरिएको छ । तत्कालिन प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य समेत रहनु भएका बुढाथोकी कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार प्राप्त गर्ने छैठौं व्यक्ति हुनुहुन्छ ।
कार्यक्रममा प्रेस संगठन नेपालका इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, प्रेस संगठन नेपालका सहसंयोजक गणेश वस्नेत, नेकपा केन्द्रिय सदस्य तथा मोरंग सहइन्चार्ज महेश रेग्मी, केन्द्रिय सदस्य विनोद ढकाल, तत्कालिन प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र आर्याल, प्रेस संगठन प्रदेश नं. १ का इन्चार्ज लीलाराज भट्टराई, नेकपा मोरंगका अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, मोरंग अध्यक्ष बन्धु पोखरेल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा प्रेस संगठन मोरंगको नवनिर्वाचित ३५ सदस्यीय कार्यसमिति सदस्यले सपथ ग्रहण गरेका थिए ।