Tune to BFM 91.2|Biratnagar

पत्रकार महासंघ मोरङद्धारा कोभिड समन्वय कोष स्थापना

विराटनगर, ३० वैशाख । नेपालपत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्याभएकापत्रकारहरूकालागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ । आजदेखि सञ्चालनमाल्याईएको कोषमामहासंघका सल्लाहकार र कार्यसमितिकातर्फबाट ५१ हजार रुपैयाँजम्मागरिएको छ ।

कोषमाप्रदेश सरकारबाट प्राप्तहुने २ लाखपनिथपगरिने महासंघ अध्यक्ष सञ्जीवखनालले बताउनुभयो । उहाँले भन्नुभयो,‘ कोषमा सहयोगकालागिदाताहरूलाई पनिआह्वानगर्दछौं ।’ कोष सञ्चालनतथाव्यवस्थापनकालागिअध्यक्षखनालको संयोजकत्वमा सल्लाहकार शकंर खरेल, सचिव नेत्र पीअधिकारी र कोषाध्यक्षअभयकुमार राई सदस्यरहने गरि समिति गठन गरिएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई अस्पतालमा भर्ना तथाप्रदेश र स्थानीय सरकारसँगको समन्वयकालागिमहासंघ अध्यक्षखनालको संयोजकत्वमाकार्य‘र्यापिड रेस्पोन्स टिम’ गठन गरिएको छ ।

र्यापिड रेस्पोन्स टिममा सल्लाहकार शंकर खरेल, उपाध्यक्षमोहन भट्टराई, तारा आचार्य, सचिव नेत्र पीअधिकारी, कोषाध्यक्षअभयकुमार राई सहितकार्यसमिति सदस्यहरुलाई आवस्यक सहयोगकालागिजिम्मेवारी दिईएको विज्ञप्तिमा जनाईएको छ । समाचार संकलनतथा सम्प्रेषणका क्रममा संक्रमितहुने सञ्चारकर्मीहरूलाई तत्कालउपचारको प्रवन्धमिलाउनकालागिप्रदेश नं. १ सरकार, स्थानीय सरकारहरूको महासंघले ध्यानाकर्षण गराएको छ ।

कोरोना संक्रमण भई आईसोलेसन केन्द्र र होमआईसोलेसनमा रहेका सञ्चारकर्मीको स्वास्थ्यलाभको कामनागर्दै दैनिक स्थलगत समाचार संकलन÷सम्प्रेषणमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानीअपनाउँदै र अत्यावस्यककामबाहेक घरबाटै समाचार संकलनतथा सम्प्रेषणका लागिमहासंघले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button