Tune to BFM 91.2|Biratnagar

पथरीशनिश्चरेमा राहत वितरण सकियो

विराटनगर, २६ चैत । मोरंगको पथरीशनिश्चरे नगरपालिकाले १० वटै वडामा राहत वितरण सम्पन्न गरेको छ ।

आज वडा नम्वर १ मा १ हजार १ सय २८ परिवारलाई राहत वितरण गरिएको छ । यस अघि वडा नम्वर २ मा ४ सय ३०, ३ मा २ सय २३, ४ मा २ सय ९६, ५ मा ५ सय ५९, ६ मा ५ सय ६९, ७ मा १ सय ४७, ८ मा २ सय २२, ९ मा १ सय ८६ र १० मा ५ सय ८२ घर परिवारलाई राहत वितरण गरिएको छ ।

नगरमा राहत पाउनेको कुल संख्या ४ हजार ३ सय ४२ रहेको राहत व्यवस्थापन तथा वितरण समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button