Tune to BFM 91.2|Biratnagar

पथरी उद्योग वाणिज्य संघका विजयी भएका पदाधिकारीहरू सम्मानित

विराटनगर, ८ असोज । मोरङको पथरी उद्योग वाणिज्य संघको १८ औं साधारणसभामा विजयी भएका पदाधिकारीहरू सम्मानित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज पथरीमा एक कार्यक्रम आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो ।

बधाई तथा सम्मान कार्यक्रममा प्रदेश सांसद कुल प्रसाद साम्बा, प्रथम संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगरसहित प्रदेश सदस्य गीता तिम्सिना, मोरङ व्यापार संघका महासचिव अनिल साहले सम्मान पत्र र दोसल्लाले सम्मानित गर्नुभएको हो ।

नवनिर्वाचित अध्यक्ष धनकुमार तामाङले सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै पथरिशनिश्चरे नगरक्षेत्रभित्र उद्योग तथा उद्योगी, व्यवसायी र व्यापारीहरूको थुप्रै समस्याहरू रहेका र तिनलाई आफ्नो कार्य कालमा सक्दो समाधान गरेर अगाडि बढ्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button