Tune to BFM 91.2|Biratnagar

पथरी शनिश्चरेमा ब्लिचिङ औषधि छिट्ने काम सुरु

विराटनगर, २० चैत । मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत नगरमा आजबाट सार्वजनिक स्थानहरुलाई भाइरसमुक्त क्षेत्र बनाउन ब्लिचिङ औषधि छिट्ने काम सुरु भएको छ ।

वडा नम्वर १ को पथरी वजार क्षेत्रबाट औषधि छिटन् काम थालिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । जसमा नगरका समाजसेवी युवाहरु सुविन पराजुली, रोशन पराजुली, रविन कार्की, भेषराज मिश्र सहित औषधि छिट्ने काममा खटिनु भएको छ ।

यसैबीच, पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन स्थापना गरेको राहत कोषमा हालसम्म १ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button