Tune to BFM 91.2|Biratnagar

पपु नायक पौष महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित

विराटनगर, ६ माघ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान र्पुयाउनुका साथैे प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले नायकलाई उहाले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल पौष “महिनाको सर्वाेत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button