Tune to BFM 91.2|Biratnagar

परालमा रहस्यमय ढंगले आगलागी

विराटनगर, १५ मंसिर । विराटनगरको बखरी र दरैया सडक किनारमा राखिएको परालमा रहस्यमय ढंगले आगलागी भएको छ । विराटनगर १२ र १६ मा पर्ने बखरी र दरैयामा स्थानिय किसानले सडक किनारमा राखेका परालमा गएराति आगलागी भएको हो ।

आगलागी भएको बिषयमा सम्बन्धित किसानहरुले आईतबार राति १२ बजे थाहा पाएका थिए । किसानहरुले सूचना दिएपछि पुगेको शसस्त्र, नेपाल प्रहरी र बारुणयन्त्रले स्थानियको सहयोगमा आज बिहान आगलागिलाई नियन्त्रणमा लिइएको थियो । सडकक्षेत्रमा राखिएको परालमा एकैपटक आगो लागेका कारण स्थानीयमा त्रास फैलिएको स्थानीय यूवा कुशेश्वर राजवंशीले बताउनुभयो ।

आगलागीमा बखरीबाट दक्षिणतर्फ रहेको दरैया हुँदै नेपालभारत सिमाक्षेत्रसम्म पुग्ने बाटोको दाँयाबायाँ डेढ किलोमिटर क्षेत्रसम्म राखिएको किसानको पराल जलेर खरानी भएको छ । तस्कर गर्ने समुहलेनै आफ्नो सुरक्षाकालागि परालहरुमा आगो लगाएको हुनसक्ने पीडित एकजना किसानले बताएका छन ।

तस्करीको सामान ल्याउने क्रममा पराल छेउमा प्रहरी लुकेर घेराबन्दी गर्नसक्ने आशंकामा आगो लगाएको हुन सक्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button