Tune to BFM 91.2|Biratnagar

परिक्षणकालागि आउन प्रहरीको अनुरोध

विराटनगर , ८ बैसाख । प्रदेश नम्बर १ मा कोरोना भाइरस संक्रमित भएकाहरु विराटनगरमा लामो समय मस्जिदमा बसेर गएकोले उनीहरुसँग सम्पर्क भएकाहरुलाई परिक्षणकालागि आउन मोरङ प्रहरीले अनुरोध गरेको छ ।

धर्मसभा जमातीकालागि नेपाल आएर बसेका भारतीय नागरिक ११ जना र विराटनगर महानगर १७ रानीका २ नेपाली नागरिक कोरोना संक्रमित भएको फेला परेपछि मोरङ प्रहरीले उनिहरुसंग सम्पर्क भएका मानिशहरुलाई कोभिड १९ जाँच गराउन सार्वजनकि अपिल गरेको हो ।

प्रदेश १ अन्तर्गत उदयपपुर जिल्लाको त्रियुगा नगरपालिका भुल्के स्थित नुरी मस्जिदबाट उद्धार गरिएकाहरु १२ भारतीय र ४ जना नेपाली मध्ये २ नेपाली र ११ भारतीयको बैसाख ५ रातीदेखी कोरोना अस्पताल विराटनगरमा उपचार भैरहेको छ ।

एक भारतीय र २ नेपाली मोरङको टाँडी स्थित क्वारेन्टाइनमा निगरानीमा रहेकाछन ।प्रहरीको अनुसन्धान अनुसार बैशाख ५ गते राती उदयपुरबाट उद्धार गरेर ल्याइएका १२ भारतीय र ४ नेपालीहरु सबै विराटनगर रानीमा रहेको मस्जीदमा लामो समयसँगै बसेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button