Tune to BFM 91.2|Biratnagar

परिक्षाफल प्रकाशनको अन्तिम तयारीमा जुट्न विद्यालयलाई प्याब्सनको आग्रह

विराटनगर, ११ वैशाख । निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्ना सदस्य विद्यालयहरूलाई फाइनल परिक्षाको परिक्षाफल प्रकाशनको तयारीमा जुट्न आग्रह गरेको छ ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले नेपाल सरकारसँग समन्वय भैरहेको जानकारी दिँदै चाडैं परिक्षाफल प्रकाशन गरिने बताउनु भयो । उँहाका अनुशार बैशाख तेस्रो साताभित्र परिक्षाफल प्रकाशन गर्ने योजनामा रहेको छ ।

अध्यक्ष पुरीले लकडाउन अघि परीक्षा नसकिएका केही बिद्यालय रहेको भन्दै ती बिद्यालयलाई समेत फाईनल परीक्षा अघिका परिक्षाफलको आधारमा नतिजा सार्वजनिक गर्ने तयारीमा जुट्न आग्रह गर्नुभयो । अध्यक्ष पुरीका अनुशार नतिजा अनलाईन, वेभसाईट, टेलिफोन र एस एम एस बाट गरिने छ । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरस (कोभिड –१९) का कारण नेपाल ३० दिनयता लकडाउनमा छ ।

लकडाउन लम्बिन सक्ने भन्दै प्याब्सनले नतिजा प्रकाशन गरेर अनलाइनका माध्यमबाट कक्षा संचालनको तयारी गरिरहेको छ । एसईई र कक्षा ११ का विद्यार्थीलाई लक्षित गरि अनलाईन अद्यापन गराउँदै आएको प्याब्सनले सवै तहका विद्यार्थीलाई प्रबिधीको उच्चतम प्रयोग गरि शिक्षा प्रदान गर्न लागेको हो ।

प्याब्सन अध्यक्ष पुरीले सदस्य विद्यालयहरूलाई यसवर्ष पाठ्यपुस्तक समेत परिवर्तन नगर्न आग्रह गर्नुभएको छ । लकडाउनले अभिभावक वर्गमा आर्थिक संकट हुनसक्ने भएको हुँदा थप आर्थिक भार हुन नदिन पुरानै पाठ्यपुस्तक पढाउन अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button