Tune to BFM 91.2|Biratnagar

परिवार नियोजन संघबाट ७ सय २८ ले सुरक्षित गर्भपतन सेवा लिए

विराटनगर, ५ कात्तिक । नेपाल परिवार नियोजन संघ मोरङबाट ७ सय बढीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । विराटनगरमा आज आयोजित सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा गत पुसदेखि भदौ सम्म ७ सय २८ जनाले सुरक्षित गर्भपतन सेवा लिएको परिवार नियोजन संघले जनाएको छ ।

गर्भपतन सेवालाई समाजले अझैसम्म स्वीकार गर्न नसकेको परिवार नियोजन संघ विराटनगर शाखाको प्रबन्धक शंकर दाहालले बताउनुभयो । परिवार नियोजन संघका केन्द्रीय सदस्य सुबोध निरौलाले गर्भपतन सेवाबोर बिद्यालयतहबाट अभिमुखिकरण आवस्यकरहेकोमा जोड दिनुभयो । परिवार नियोजन संघले ९ महिनाको अबधिमा ५० हजार ६ सय ८७ जनालाई सेवा दिएको जनाएको छ ।

परिवार नियोजनका अस्थायी साधनको प्रयोग, सुरक्षित गर्भपतन लगायतका सेवा दिएको जनाएको छ । संघले दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मीहरुवाट १२ हप्तासम्मको सुरक्षित गर्भपतन न्यूनतम शुल्कमा गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button