Tune to BFM 91.2|Biratnagar

परिषद्को अनलाईन प्रतियोगिता सम्पन्न

विराटनगर, १८ वैशाख । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले राष्ट्रव्यापी आयोजना गरेको अनलाईन प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । आज विद्यार्थी दिवसको अवसर पारेर परिषद्ले नतिजा सार्वजनिक गरेको हो ।

अनलाईनका माध्यमबाट गरिएको कविता प्रतियोगितामा कैलालिका शेर साउद प्रथम हुदाँ मोरङका आयुष ढुंगेल द्वितीय भएका छन्, भने काठमाण्डौका सबिन घिमिरे तृतीय भएका छन् । त्यस्तै कपिलवस्तुका पवन अधिकारी र चितवनका आशुतोष कण्डेलले सान्वना स्थान हासिल गरेका छन् ।निवन्ध प्रतियोगिता तर्फ कास्की कि एलिसा देवकोटा प्रथम हुँदा दाङका सुशिल गिरी द्वितीय भएका छन भने दार्चुलाका अनिल चन्द्र जोशी तृतीय भएका छन् ।

सल्यानका विपिन भण्डारी र नवलपुरका अनुराग कण्डेलले सान्वना स्थान प्राप्त गरेका छन् । यस्तै चित्रकला तर्फ काठमाण्डौ कि विनिता वसाइली प्रथम भएकि छन् । रूपन्देही कि ऋचा पन्थी द्वितीय हुँदा नवलपुरका पुष्पा सापकोटा तृतीय भएकि छन् । साथै काठमाण्डौ कि अनुषा थापा र नवलपुरका प्रतिक सापकोटाले सान्वना प्राप्त गरेका छन् ।

वक्तृत्वकला प्रतियोगितामा चितवन कि दिक्षा चचालिसे प्रथम हुदाँ मोरङ कि सुप्रिया खड्का तृतीय भएकि छन् । त्यस्तै कास्की कि कृतिका त्रिपाठी तृतीय भएकि छन् । कास्की कि आकृति सापकोटा र तनहुँका विष्णु प्रसाद काफ्लेले सान्वना प्राप्त गरेका छन् ।हस्तलिखित प्रतियोगिता तर्फ मोरङ कि सुप्रिया खड्का प्रथम हदाँ काठमाण्डौ कि दावा थिङ्ग द्वितीय भएकि छन्, भने काठमाण्डौ कै एन्जिला वस्याल तृतीय भएकि छन् ।

त्यस्तै काठमाण्डौका दिलाशा वराम र पर्सा कि प्रिती चौधरीले सान्ववना पाएका छन् ।उक्त प्रतियोगितामा प्रथम हुनेले पाँच हजार एक सय, द्वितीय हुनेले तीन हजार एक सय र तृतीय हुनेले दुई हजार एक सय नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रत्येक विधामा दुई दुई जनाले सान्वना पुरस्कार स्वरूप एक हजार एक सय नगद र प्रमाणपत्र प्राप्त गरेको परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारि दिनुभयो । प्रतियोगितामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button