परीक्षाफल त्रुटिपूर्ण भएको गुनासो

0
85

विराटनगर, २७ जेठ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा विएस्सी तेस्रो बर्षमा अध्ययनरत फिजिक्स समूहका विद्यार्थीहरुले दोस्रो बर्षको परीक्षाफल त्रुटिपूर्ण भएको गुनासो गरेका छन् । दोस्रो बर्षको परीक्षामा विएस्सी फिजिक्ससमूह अन्तर्गत मेजर गणित लिएर अध्ययनरत ५० जना विद्यार्थीमा २ जना मात्रै पास भएको र बाँकी ४८ जना विद्यार्थीहरुको १ देखि ५ नम्बर मात्र आएर फेल भएको गुनासो गरे । उनीहरुले रिटोटलिङका लागि आवेदन दिएपनि अहिलेसम्म नतिजा सार्वजनिक नभएको दावी गरे । अन्य बिषयमा राम्रो अंक आएका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयले अनावाश्यक नियम राखेर आफूहरुको रिटोटलिङको नतिजा पनि नपठाएको र कपी पनि हेर्न नदिएको गुनासो गरे । यस्तै विद्यार्थीहरुले क्याम्पसमा यो बिषयमा ज्ञापनपत्र बुझाउँदा समेत वेवास्ता गरिएको जानकारी गराए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here