पर्यटन बोर्डको बजेट पारित

0
162

काठमाण्डौ १४ मंसिर । नेपाल पर्यटन बोर्डले आव ७५÷७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डका कर्पाेरेट सेवा विभागका निर्देशक सन्तोष पन्तका अनुसार प्रवद्र्धनमा रु ३७ करोड ३५ लाख, प्रचारप्रसारमा रु ३२ करोड ५६ लाख ५० हजार बजेट खर्च गरिनेछ । त्यसैगरी पर्यटन सम्पदा तथा संशोधन विकासमा रु २४ करोड ३९ लाख ५० हजार, बोर्डको पोखरा कार्यालयका लागि रु ७६ करोड ६५ लाख विनियोजन गरिएको छ । हिमालयन ट्राभल मार्टका लागि रु २० करोड, बुद्धिष्ट ट्राभल मार्टका लागि रु १० करोड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयतर्फ रु ५० लाख तथा कार्यकारी समितिको निर्णयबाट गरिने कार्यक्रमममा रु तीन करोड बजेट छुट्याइएको छ । बोर्डले गतवर्ष रु एक अर्ब ३७ करोड बजेट विनियोजन गरेकोमा बजार प्रवद्र्धनका लागि रु ३३ करोड ८० लाख बजेट छुट्याएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here